काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । दुई कम्पनीबीच मंगलबार भएको सम्झौता अनुसार खाना तथा पेय पदार्थमा १५ प्रतिशत र आवासमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने भएको हो ।
छुट प्रदान गर्नेसम्बन्धी उक्त सहमति पत्रमा बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र आगन्तुक रिसोर्टका तर्फबाट सञ्चालक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन् । यसरी छुट प्राप्त गर्न ग्राहक तथा कर्मचारीले सो बैंकको डेविट कार्ड, मोबाइल बैंकिङ वा क्युआर कोर्डबाट भुक्तानी गर्नु पर्नेछ ।