images
images

लगातार छैटौँ दिन उकालो लाग्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड रुपैयाँ


  • 157
    SHARES
  • २०८३ श्रावण ५ गते मंगलबार

    लगातार छैटौँ दिन उकालो लाग्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड रुपैयाँ

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार छैटौँ कारोबार दिन पनि सकारात्मक रहँदै मंगलबार ७.२५ अंकले वृद्धि भएको छ।

    यससँगै नेप्से परिसूचक २ हजार ७२६ अंकमा पुगेको छ। यो स्तर जेठ २८ यताकै उच्च रहेको छ। यसअघि गत साताको मंगलबारदेखि शुक्रबारसम्म बजार लगातार बढेको थियो भने सोमबार पनि परिसूचक ४१.७० अंकले उकालो लागेको थियो।

    मंगलबारको कारोबारमा १०३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १६२ कम्पनीको मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

    कारोबार अवधिभर बजारमा उतारचढाव देखिएको थियो। कारोबारका क्रममा नेप्से एक समय २ हजार ७५३ अंकसम्म पुगे पनि अन्त्यमा केही घटेर २ हजार ७२६ अंकमा बन्द भएको हो।

    कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मंगलबार यो रकम बढेर ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

    समूहगत परिसूचकतर्फ भने मिश्रित प्रदर्शन देखिएको छ। केही उपसमूहमा वृद्धि हुँदा अन्य केही समूहका सूचकमा गिरावट आएको छ।


    images

    Logo