काठमाडौं । सत पतिशत जित निकाल्दै कर्णाली याक्सले एनपीएल तेस्रो सिजनको उपाधिमा बलियो दावेदारी प्रस्तुत गरेको छ । कप्तान सोमपाल कामीको अलराउण्ड प्दर्शनमा लागतार दोश्रो जित निकाल्दै कर्णालीले उपाधिमा बलियो दावेदारी प्रस्तुत गरेको हो ।
गएराती सम्पन्न खेलमा १८७ रनको ठुलो लक्ष्य पछ्याएको कर्णाली याक्सले उपाधि दावेदार मानिएको विराटनगर किंगसलाई चार विकेटले पराजित गर्यो । कर्णालीको जितमा सोमपालको अर्धशतकीय इनिङ निर्णायक बन्यो ।
कप्तान सोमपालले ६२ रनको विस्फोटक अर्धशतकीय पारी खेले । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफले ३६ रन बनाए । पवनले एक चौका र तीन छक्का प्रहार गरेका थिए । यी दुईले ६६ रनको अर्धशतकीय साझेदारी पनि गरे ।
ओपनर अरिफुल इस्लामले ३२ रन बनाए । अविजित रहेका गुल्सन झाले २८ रन बनाउँदा दीपक डुम्रेले २० रन बनाए । विराटनगरका एञ्जेलो म्याथयुजले तीन विकेट लिए । चार ओभर बलिङ गर्दा उनले २५ रन खर्चिए । चरिथ अशलंका, प्रतिस जिसी र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।
लागतार दोस्रो जित निकालेको कर्णालीको यसअघि जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो । यता, विराटनगरले भने लगातार दोस्रो हार व्यहोरेको छ । बिराटनगरले पहिलो खेलमा चितवन राइनोजविरुद्ध आठ रनको हार व्यहोरेको थियो ।



