images
images

गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगमाथि मुद्दा, युनिलिभरदेखि चिया विकास निगमलाई कारबाही


  • 672
    SHARES
  • २०७८ फाल्गुण ६ गते शुक्रबार

    गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगमाथि मुद्दा, युनिलिभरदेखि चिया विकास निगमलाई कारबाही

    काठमाडौं । गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ३८ कम्पनीमाथि मुद्दा चलाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म विभागले विभिन्न समयमा गरी सो बराबरको मुद्दा दायर गरेको हो । 
    यसरी मुद्दा दायर गरिएका कम्पनीहरुमा सरकारी संस्थानको रुपमा रहेको नेपाल चिया विकास निगम लिमिटेडदेखि निजी क्षेत्रको युनिलिभर नेपाल लिमिटेडसम्म रहेका छन् । 

    विभागले कारबाही गरेका उद्योगमा अधिकांश डेरी, पाउरोटी, मसला, चिया, तेल, दाना, पानी लगायतका वस्तुको उत्पादन गर्ने रहेका छन् । दुग्ध पदार्थको १३ वटा, मसलाको ५ वटा, प्रशोधित पिउने पानीको ५ वटा, खाद्यान्न तथा दलहनसम्बन्धी ५ वटा एवं मह, सोयासस् र तेलसम्बन्धी १÷१ वटा मुद्दा छन् । 

    यो अवधिमा विभागले ३ सय ३६ वटा वस्तुको नमुना संकलन गरेको थियो । यो अवधिमा कुल ३ हजार ९ सय ५१ पटक निरीक्षण अनुगमन गरिएको थियो । 

    यो क्रममा हेटौंडाको युनिलिभर नेपाल लिमिटेडले बिक्री गर्न राखेको लेभल नभएको, केरमेट भएको र मिति गुज्रिएको २ हजार २ सय ५८ बोरा चिया नष्ट गरेको थियो । सो चियाको मूल्य ४ करोड ७५ लाख रुपैयाँ रहेको विभागले जनाएको छ । 


    images

    Logo