images
images

एनसीसी बैंकका ग्राहकलाई सोल्टीमा १० प्रतिशत छुट 


  • 505
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    एनसीसी बैंकका ग्राहकलाई सोल्टीमा १० प्रतिशत छुट 

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका ग्राहकलाई सोल्टीमा १० प्रतिशत छुट हुने भएको छ । एनसीसी बैंक सोल्टी इन्टरप्राइजेज प्रालीसंग द्विपक्षीय सम्झौता गरेको छ ।

    यस सम्झौता मार्पmत बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ । 

    साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबद्र्धनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको छ ।

    देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १ सय ३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र १ सय १४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 

    एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।


    images

    Logo