images
images

एक्स्पो

वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’ गर्दै औषधि उत्पादक संघ


  • 546
    SHARES
  • २०७८ फाल्गुण २१ गते शनिबार

    वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’ गर्दै औषधि उत्पादक संघ

    काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन  ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्ने भएको छ। आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । 

    शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिए ।

    नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ । 

    अध्यक्ष पाण्डेले नेपाली औषधि विदेशी औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको बताए । उनले सरकार र राजनीतिक दलको सहयोग भए नेपाललाई औषधिमा निर्भर बनाउन सकिने धारणा व्यक्त गरे । एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली औषधिलाई सबै जिल्लामा पु¥याइरहेको जानकारी दिए । 

    उनका अनुसार एक्स्पोमा रहने १ सय ६० कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका १ सय २० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगको सहभागिता  हुनेछ । वार्षिक ६० अर्ब रुपैयाँको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन् । नेपालमा ३५ वटा प्राविधिक कलेजबाट एक हजार ५ सय औषधि प्राविधिक र ५ सय फर्मासिस्ट उत्पादन हुँदै आएका छन् ।


    images

    Logo