काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक सिफारिस गर्न गठित समितिले बुधबार बेलुका इन्जिनियर उमेशप्रसाद थानी, डा. चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको हो ।
सिफारिस भएकामध्ये इन्जिनियर थानी नेपाली काँग्रेसको शुभेच्छुक संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सका अध्यक्ष हुन् । भट्ट सेजका वर्तमान कार्यकारी निर्देशक हुन् भने सिटौला नेपाल सरकारका अवकाशप्राप्त सहसचिव हुन् । सिफारिस भएका ३ जनामध्ये थानीको राजनीतिक पहुँच बढी भएका कारण उनी नै नयाँ कार्यकारी निर्देशकको रुपमा आउन सक्ने अनुमान गरिएको छ ।