images
images

सेञ्चुरी बैंकको नयाँ शाखा अब भिमसेनगोलामा पनि


  • 711
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    सेञ्चुरी बैंकको नयाँ शाखा अब भिमसेनगोलामा पनि

    काठमाडौं । सेञ्चुरी बैंकले आफ्नो नयाँ शाखा भिमसेनगोलामा पनि खोलेको छ । बैंकले आजबाट काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखाकोे उद्घाटन गरी सेवा सुरु गरेकी थिइन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।

    देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १ सय २९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ्ग र १ सय १३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  


    images

    Logo