images
images

सोपान फर्मास्युटिकल्सका ६ प्रकारका औषधि बजारमा


  • 614
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    सोपान फर्मास्युटिकल्सका ६ प्रकारका औषधि बजारमा

    काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले औषधिहरूको उत्पादन गरी नेपाली बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा औपचारिक कार्यक्रम गर्दै अत्याधुनिक प्रविधिबाट उत्पादित गुणस्तरीय औषधिहरु बजारमा ल्याएको घोषणा गरेको हो ।

    कम्पनीले हाल Alera, Anuer, Cyprite, Montrin, Myzith र Onmit नामका औषधिको बजारीकरण सुरु गरेको हो । सोपानले विविध क्षेत्रमालगानी गरेको जनाउँदै कम्पनीले शिक्षा, स्वास्थ्य र उर्जा क्षेत्रमाविगत तेह्र वर्ष देखि लगानी गरिरहेको जनाएको छ । औषधिको क्षेत्रमा नयाँ पाइला चालेको कम्पनीले सोपानमा १ सय २७ करोड लगानी गरेको जनाएको छ ।

    कम्पनीले वार्षिक उत्पादनक्षमता ९० करोड ट्याब्लेट, ७ करोड क्याप्सुल्स, ३ लाख लिटर लिक्विड, २० लाखबोतल ड्राई पाउडर, र ३० लाख ट्युब ओईन्टमेन्ट रहेको जनाएको छ ।कम्पनीले विश्व स्वास्थ्य संगठनले तोकेको जीएपी गाइडलाइन्सलाई पालनागर्दै अत्याधुनिक एचपीएल सिस्टम, क्लिन रुम सिस्टम, टीवाईएफ वाटर प्युरिफिकेशन सिस्टमको व्यवस्थागरिएको जनाएको छ ।

    औषधिहरुको गुणस्तरीयता परिक्षण गर्नको लागिआबश्यक पर्ने एचपीएलसी उपकरण तथा अन्य आवश्यक उपकरणहरू पनि जडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।औषधिको परिक्षण ब्याच तथा स्थिरता परिक्षण गर्नको लागी अत्याधुनिक किसिमका सिसर्च एण्ड डेभलपमेन्ट तथा माइक्रो बायोलोजी ल्याब स्थापना गरी संचालन गरिएको र कारखानाबाट निस्कने औषधि जन्य फोहोरहरु लाई शुद्धिकरण गर्नको लागी फेहोर प्रशोधन प्लान्ट जडान गरी औषधिजन्य फोहोर व्यवस्थापन गरिएको कम्पनीले उल्लेख गरेको छ।

    कोभिड–१९ महामारीको समयमा सोपान फर्मा स्युटिकल्स लिमिटेडले अत्यावश्यक अक्सिजन उत्पादन गरी विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सर्वसुलभ रुपमा उपलब्ध गराई नेपाली जनताको स्वास्थ्यमा प्रत्यक्ष सहयोग पुर्याएको कम्पनीले जनाएको थियो । 


    images

    Logo