images
images

एफएनसीएसआईमा उमेशप्रसाद सिंह नेतृत्व, यस्तो छ नयाँ कार्यसमिति


  • 555
    SHARES
  • २०७८ फाल्गुण २८ गते शनिबार

    एफएनसीएसआईमा उमेशप्रसाद सिंह नेतृत्व, यस्तो छ नयाँ कार्यसमिति

    काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) मा उमेशप्रसाद सिंहको नेतृत्वमा सर्वसम्मत कार्यसमिति बनेको छ । महासंघको वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो ।

    महासंघको वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर कँडेल, उपाध्यक्षहरूमा पूर्णबहादुर भण्डारी (लघु उद्यम), प्रकाश रावल (घरेलु उद्योग), चन्दनकृष्ण श्रेष्ठ (साना उद्योग), मुकेश उपाध्याय (अन्तर्राष्ट्रिय सम्बन्ध), शोभा गुरुङ (महिला) , मोहन कटुवाल (वस्तुगत), शान्ता बाँस्कोटा कोइराला (एसोसिएट), सत्यनारायण प्रजापति (सहकारी), हरिहर थापा (कृषि) र राजेन्द्रमान श्रेष्ठ (पर्यटन) निर्वाचित भएका छन्।

    त्यस्तै, महासंघको महासचिवमा डम्बर प्रसाद रेग्मी, सचिवहरूमा दीपकबहादुर बुढा, भेषराज पाण्डे, महेन्द्रबहादुर चित्रकार, रुद्रप्रसाद न्यौपाने चयन भएका छन् । कोषाध्यक्षमा अच्युत पाण्डे,  सहकोषाध्यक्षमा ज्ञानबहादुर खडका चयन हुँदा बाँकी ८० जना समेत सर्वसम्मत भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी अध्यक्षपछिको दोस्रो वरियतामा रहनेछन् । 

    महासंघले विभिन्न समितिहरु समेत गठन गरेको छ । केन्द्रीय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णकुमारी पाठक,  उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मिना तामाङ, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहेका छन् ।

    नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताए । महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्म स्वाभिमानका साथ अगाडि बढ्न सक्ने गरि वातावरण बनाउन लागिपर्ने समेत सिहंले बताए । नव निर्वाचित सिंह यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।


    images

    Logo