images
images

व्यावसायिक आचरणविपरीत गर्नेलाई ४ करोड जरिवाना


  • 520
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    व्यावसायिक आचरणविपरीत गर्नेलाई ४ करोड जरिवाना

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने १ हजार ६ सय १५  फर्म/कम्पनीलाई ३ करोड ९८ लाख ९ हजार २ सय ४५ जरिवाना तिराएको छ । 

    विभाग र मातहतका कार्यालयले गत आर्थिक बर्षमा १२ हजार ७ सय ९४ फर्म÷कम्पनीको अनुमगन गरेका थिए । विभागले २ हजार ९ सय ७४, मातहतका ५ कार्यालयले १ हजार ८ सय ५ र जिल्ला प्रशासन कार्यालयले ८ हजार १५ फर्मको अनुगमन गरेको विभागले जनाएको छ । 

    अनुगमनका क्रममा विभागले ४ करोड ४७ लाख ८१ हजार २ सय २१ मूल्य बराबरको खान अयोग्य म्याद समाप्त भएका अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ । सो अवधिमा ८० व्यावसायिक फर्मको कारोबार रोक्का र सिलबन्दी गरिएको विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले जानकारी दिए । 

    विभागले चालु आर्थिक बर्षको माघ मसान्तसम्म १ हजार ८ सय १९ फर्मको अनुगमन गरेको छ । सो अवधिमा ८ सय ६३ फर्मलाई  ८९ लाख ८० हजार रपैयाँ जरिवाना तिराइएको र  २८ लाख ५५ हजार ३ सय १८ रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरिएको उनले बताए । 

    महानिर्देशक श्रेष्ठले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वय र सहकार्यमा बजार अनुगमन कार्र्यलाई गाउँ, टोल र बस्तीसम्म विस्तार गर्ने रणनीति अवलम्बन गरेको बताए । 


    images

    Logo