काठमाडौं । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । प्रत्येक १ र १६ तारिखका दिन मूल्य समायोजन गर्ने सहमति अनुसार आईओसीले नयाँ मूल्य पठाएको हो ।
जयाँ सूची अनुसार अब निगमले १ लिटर पेट्रोलबापत ११०.१३ रुपैयाँ तिर्नुपर्ने भएको छ । कर र अन्य लागत जोड्दा निगमको लागत १ सय ८२ रुपैयाँ पुग्ने भएको छ । त्यस्तै, डिजेलको लागत मूलय १६९.४४ रुपैयाँ पुगेको छ । यता ग्यासको लागत २२४०.३४ पैसा पुगेको छ
नयाँ मूल्यसूची र अहिलेको बिक्री मूल्यका आधारमा निगमलाई महिनामा १० अर्ब रुपैयाँ भन्दा बढी नोक्सान हुनेछ ।
