काठमाडौं । सप्तरीको कृष्णासवरनमा आगलागीबाट पीडित ११ परिवारलाई माछापुच्छ्रे बैंकले आर्थिक सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ती परिवारलाई खाद्यान्न तथा भाँडाकुँडा सहयोग गरिएको हो ।
उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव र बैंकको मधेश प्रदेशका उपप्रमुख बिनेश ठाकुरको उपस्थिति थियो ।
माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको थियो । देशभर १३ लाखभन्दा बढी ग्राहकको सञ्जाल रहेको बैंकले प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगलाई प्राथमिकतामा राख्दै आएको छ ।


