काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन भएको छ । यो कम्पनीको प्रस्तावित लाभांशपछि शेयर मुल्य समायोजन हुन लागेको हो ।
नेपाल लाईफ इन्स्योरेन्सले सोमबारको लागि बुक क्लोजको मिति तोकेको हो । बुक क्लोज हुनुभन्दा अघिको अन्तिम कारोबारको आधारमा मुल्य समायोजन हुन लागेको हो ।
नेपाल लाईफ इन्स्योरेन्सले प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयरपछि १ हजार २ सय ३७ रुपैयाँमा मुल्य समायोजन भएको छ ।


