images
images

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा १ सय रुपैयाँ बोनस पाइने


  • 301
    SHARES
  • २०७८ चैत्र १० गते बिहीबार

    खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा १ सय रुपैयाँ बोनस पाइने

    खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक लिंक गरेमा १सय बोनस पाइने भएको छ ।  यो अफर  लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ । 

    हाल, खल्तीमा लिङ्क गर्ने २० वटा बैंकहरू उपलब्ध छन्। जसमा पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ भने यो अफर चैत्र ९ गतेदेखि  २०७९ बैशाख ८, गते सम्म लागु हुनेछ। 

    यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भनेस् “‘खल्ती’ मा  घरि घरि पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधा फाइदाजनक छ।  यहि कारण यो सुविधा प्रयोग गर्न प्रोत्साहन गर्न दोस्रो पटक यो अफर ल्याएका हौं। हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो सुविधा पूर्ण रूपमा प्रयोग गर्न र उनीहरूको समय बचत गर्न प्रोत्साहित गर्न चाहन्छौं।”


    images
    images

    Logo