images
images

भारतीय ब्राण्ड ओडिसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा


  • 552
    SHARES
  • २०७८ चैत्र १२ गते शनिबार

    भारतीय ब्राण्ड ओडिसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा

    काठमाडौं । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ ।

    इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको राजधानीको नक्सालस्थित सोरुममा उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरे ।विद्युतीय सवारी साधान प्रयोगमा ढिलाई गर्न नहुने भन्दै उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनको व्यवस्था गर्न लागिएको बताए ।

    brand ego inaguration news pic (5).jpg

    नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

    भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताए । 

    नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उनले बताए । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभको ब्राण्डमा आधिकारीक सोरुम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

    यो सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री वितरण हुने ब्राण्ड इ गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताउनुभयो । ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपियाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए ।

    यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् । फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ । हाम्रा उत्पादनहरु स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबै खाले उपभोक्ताको रोजाइमा हाम्रा उत्पादनहरु पर्नेमा हामी विश्वस्त छौं । 

    यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिएका छन् । 


    images

    Logo