काठमाडौं । बुधबार तीन कम्पनीको शेयर मुल्य समायोजन भएको छ । मुल्य समायोजन हुनेमा सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको शेयर मुल्य समायोजन हुन लागेको हो ।
सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ९१ दशमलव ३० रुपैयाँमा शेयर मुल्य कायम हुने गरि समायोजन गरेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ४३ दशमलव २४ रुपैयाँ शेयर मुल्य कायम हुने समायोजन गरेको छ।
त्यस्तै, आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय १६ दशमलव ८६ रुपैयाँमा शेयर मुल्य कायम हुने समायोजन गरेको हो ।


