काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार १८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सोमबार बैंकले १८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
बैंकका अनुसार २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ । ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको बिल नयाँ रहेको छ ।
२८ दिन अवधिको बिल आगामी जेठ १० गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको बिल आगामी साउन १० गते परिपक्व हुनेछ ।
यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत सहभागी हुन सक्नेछन् ।