images
images

चैत महिनामा जीवन बीमा कम्पनीको १० अर्बले बढ्यो बीमा शुल्क संकलन


  • 797
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    चैत महिनामा जीवन बीमा कम्पनीको १० अर्बले बढ्यो बीमा शुल्क संकलन

    काठमाडौं । चैत महिनामा जीवन बीमा कम्पनीहरुकाे बीमाशुल्क संकलन बढेको छ । मंगलबार बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको चैत महिनासम्ममा १० अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क संकलन बढाएका छन् । 

    समितिको तथ्यांक अनुसार सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब २ अर्ब बराबरको कुल बीमाुशल्क संकलन गरेका छन् । गत फागुन महिनासम्मा यस्तो रकम ९२ अर्ब २० करोड रुपैयाँ रहेको थियो । 

    जीवन बीमा कम्पनीहरूले चैत महिनासम्मा प्रथम व्यवसायबाट २८ अर्ब ८९ करोड ९३ लाख रूपैयाँ र नवीकरण बीमाबाट ७३ अर्ब ५३ करोड रूपैयाँ  संकलन गरेका छन् । त्यस्तै, बीमा कम्पनीले चैत महिनामा मात्रै  १० लाख ११ हजार २ सय ८३ वटा बीमालेख जारी गरी १० अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

    तथ्याङकअनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले चैतसम्ममा कुल २६ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    त्यस्तै दोस्रो धेरै बीमाशुल्क संकलन गर्नेमा एलआइसी नेपाल रहेको छ । यो कम्पनीले चैत महिनासम्ममा १२ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    यस्तै सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।


    images

    Logo