images
images

युनाइटेड इन्स्योरेन्सलाई बेष्ट जनरल इन्स्योरेन्सकाे अवार्डद्धारा सम्मानित


  • 557
    SHARES
  • २०७९ बैशाख १९ गते सोमबार

    युनाइटेड इन्स्योरेन्सलाई बेष्ट जनरल इन्स्योरेन्सकाे  अवार्डद्धारा सम्मानित

    कठमाडौं । छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्थरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स कनक्लेभ एण्ड अवार्ड २०२१’ मा नेपालबाट 'बेष्ट जनरल इन्स्योरेन्स अफ दि इयर अवार्डबाट यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) सम्मानित भएको छ ।
     
    उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित थिइन् ।

    विश्वविख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसी ले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्सले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनी संचालनको २८औं वर्षमा कम्पनीले गत आर्थिक वर्षमा सर्वप्रथम १ अर्ब क्लबमा सामेल गराउन सफल भएको थियो । 

    कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदँैं उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको संचालक समितिका अध्यक्ष, संचालक समिति, शेयरधनीहरु,ग्राहकहरु,नियामक निकाय बीमा समिति तथा कोभिडको समयमा समेत अहोरात्र मिहिनेत गर्ने आफ्ना कर्मचारी साथीहरु तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गदै आगामी दिनहरुमा समेत सबै बाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरिन् । 


    images

    Logo