images
images

व्यवसायीलाई अर्थमन्त्री शर्माको निर्देशन : कर घटाउन रोइकराइ गर्दै नआउनुस्


  • 554
    SHARES
  • २०७९ बैशाख १९ गते सोमबार

    व्यवसायीलाई अर्थमन्त्री शर्माको निर्देशन : कर घटाउन रोइकराइ गर्दै नआउनुस्

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर घटाउन माग गर्दै रोइकराइ गर्न नआउन व्यवसायीहरुलाई सुझाएका छन् । नयाँ आर्थिक वर्षको बजेटका लागि व्यवसायीसँगको छलफलका क्रममा अर्थमन्त्री शर्माले कर घटाउन रोइकराइ गर्ने प्रवृत्तिले प्रगति नहुने बताए । उनले अर्थ मन्त्रालय पनि व्यवसायीलाई कस्नेतिर नलाग्ने प्रष्ट पारे ।

    ‘अर्थ मन्त्रालय राजश्व उठाउन रोइकराइ गर्ने, व्यवसायीहरु चाहिँ घटाउन रोइकराइ गर्न छोडिदिउँ,’ अर्थमन्त्री शर्माले भने, ‘मन्त्रालय कसरी बढाउने, च्याप्ने कसरी कस्ने, कसरी बाँध्यनेतिर लाग्ने, मन्त्रालय कसरी कम गर्ने, कसरी छुट गर्ने, कसरी फुत्किने, कसरी नतिर्ने गर्ने, योबाट हामी उँभो लाग्दैनौं ।’ 

    उनले कानूनी र प्रशासनिक समस्या भए आफूलाई भन्न समेत सुझाए । ‘कानूनी समस्या छन् भने भन्नुस्, हामी त्यसलाई सम्बोधन गर्नतिर लाग्छौं । कहाँ प्रशासनिक जटिलता र झन्झट छन्  भने त्यसलाई हामी समाधान गर्छौं,’ उनले भने, ‘तर, करको दर घटाउन वा बढाउन हामी लाग्नु हुँदैन ।’

    उनले वैदेशिक लगानी आउन गाह्रो समेत नभएको बताए । ‘वैदेशिक लगानी आउँछ । ३ वटा प्रोजेक्ट गर्यो भने ६÷७ खर्ब आउँछ । हामी सहजीकरण गर्छौं, तपाइँहरु ल्याउनुस् ।’

    उनले अब वैदेशिक लगानीको नाममा जनतामाथि कर थोपर्ने काम नहुने बताए । ‘अब परियोजनाले ऋण बोक्नेगरी ल्याउनुस्, जनताको टाउकोमा ऋण थोपर्नेगरी होइन । हामी पनि लगानी ल्याउँछौं, तपाइँहरु पनि ल्याउनुस् ।’


    images

    Logo