काठमाडौं । नेपाल फाइनान्सको मुल्य समायोजन भएको छ । फाइनान्सको ७० प्रतिशत हकप्रद शेयर पछि नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
फाइनान्सको ७० प्रतिशत हकप्रद शेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ११ दशमलव १८ रुपैयाँमा समायोजन भएको छ । उक्त कम्पनीको सोमबारको अन्तिम मुल्य ४ सय ५९ रुपैयाँमा कारोवार भएको थियो ।
भोलि बक्र ईद परेको हुनाले नेपाल सरकारले सार्वजनि विदा घोषणा गरेको छ । यसका काराण्ले भोलि शेयरबजार बन्द रहनेछ । बुधबार नेपाल फाइनान्सको शेयरमूल्य ३ सय ११ रुपैयाँ १८ रुपैयाँका आधारमा कारोबार खुल्नेछ ।


