एनआईसी एशिया क्यापिटल र सारा नेपाल बीच आईडीया टु आईपीओ सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । मंगलबार एनआईसी एशिया क्यापिटल र सारा नेपाल लिमिटेड बीच शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
एनआईसी एशिया क्यापिटलले आईडीया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सारा नेपाल लिमिटेड डिपार्टमेन्टल स्टोर, जलविद्युत परियोजना, यतायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री वितरण, संचार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरुको निर्यात गर्ने लगायतका कार्यहरु गर्दछ ।
हाल सारा नेपाल लिमिटेडले किराना पसलेहरुलाई प्रबद्धन गर्ने मुख्य लक्ष्यका साथ १ सय भन्दा बढी सारा स्टोरको नामबाट किराना पसल संचालन गरिहेको छ ।


