images
images

इसेवाबाट मेट लाइफको  भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक पाइने


  • 519
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    इसेवाबाट मेट लाइफको  भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक पाइने

    काठमाडौं ।  इसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक पाइने भएको छ । इसेवामार्फत आफ्नो जीवन बीमाको  प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम १ हजारसम्म क्यासब्याक पाइने भएको हो । 

    यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमाशुल्क भुक्तानी गर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानीगर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ । 

    यस योजनामा हरेकदिन एक जनाले १ हजार र बम्पर उपहारमा १ लाख रुपैयाँ जित्न सकिनेछ । साथै मेटलाइफका कुनै पनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपे को क्यूआरमार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमाशुल्क भुक्तानी गर्न सकिन्छ । 

    यस्तै १ सय ५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवादिँदै आएको छ । 


    images

    Logo