काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत घटाउन इन्धन बिक्रीमा कोटा निर्धारणको प्रस्ताव गरेको छ । निगमले १० बुँदे सुझाव दिँदै यस्तो प्रस्ताव गरेको हो । उक्त सुझाव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् सरकारलाई बुझइएको छ ।
प्रस्तावमा प्रतिपटक मोटरसाइकललाई ५ लिटर र निजी सवारी साधनलाई २० लिटर भन्दा बढी तेल वितरण नगर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, अत्यावश्यक क्षेत्रका र सार्वजनिक बाहेक अन्य सवारी साधनमा जोरबिजोर प्रणाली लगाउने, शनिबार कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाउने गरी बन्द गर्ने प्रस्ताव समेत गरिएको छ ।
त्यस्तै, एलपी ग्यासको खपत घटाउने निशुल्क रुपमा विद्युतीय चुल्हो वितरण गर्ने एवं घरायसी विद्युत्को शुल्क घटाउने प्रस्ताव गरिएको छ ।
