काठमाडौं । केही समयअघि ३६ प्रतिशतका दरमा बोनस शेयर जारी गरेको राधी जलविद्युत्ले लगानीकर्तालाई फेरि अर्को चक्मा दिएको छ । सो कम्पनीले बोनस शेयर जारी गरेपछि कुल चुक्तापुँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । बोनस घोषणापछि निरन्तर बढेको सो कम्पनीको बजारमूल्यमा हकप्रदको निर्णयपछि पुनः प्रभावित हुने देखिन्छ ।