काठमाडौं । इष्टर्न हाइड्रोपावरको आईपीओ असोज २८ गतेदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारण लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि कुल ६ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने लागेको हो ।
कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा कात्तिक १ गते हुनेछ भने ढिलोमा कात्तिक १४ गतेसम्म हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केट रहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।


