images
images

नेपालमा भोलिबाट यो वर्षको मनसुन सुरु हुने


  • 761
    SHARES
  • २०७८ जेठ २७ गते बिहीबार

    नेपालमा भोलिबाट यो वर्षको मनसुन सुरु हुने

    काठमाडौं ।  नेपालमा यो वर्षको मनसुन शुक्रबारबाट पूर्वी नेपाल हुँदै सुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

    यो वर्ष अधिक वर्षा हुने संकेत विभागले दिईसकेको छ । 

    अधिक वर्षा हुने भएकाले सम्भावित क्षति हुन नदिन आवश्यक गृहकार्य सुरु गर्न विभागले जिल्ला विपद् व्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई आग्रह गरिसकेको छ । 

    अहिले नेपालमा प्रि–मनसुन चलिरहेको र हाल नेपालमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

    यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  विभागले जनाएको छ । 

    देशका एकदुई स्थानमा भने भारि वर्षाको संभावना छ ।

    देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षा पनि हुने देखिएकाले  आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । 


    images

    Logo