images
images

९० बैंक तथा वित्तीय संस्था सामाजिक सुरक्षा कोषमा सूचीकृत, २९ संस्थाको योगदान सुरु


  • 737
    SHARES
  • २०७८ आषाढ ३ गते बिहीबार

    ९० बैंक तथा वित्तीय संस्था सामाजिक सुरक्षा कोषमा सूचीकृत, २९ संस्थाको योगदान सुरु

    काठमाडौं । ७६ वटा बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । सामाजिक सुरक्षा कोषका अनुसार कोषमा आवद्ध हुन योग्य वित्तीय संस्थामध्ये उक्त संख्यामा संस्थाहरु कोषमा आवद्ध भएका हुन् । 

    त्यसरी सूचीकरण भएका संस्थामध्ये २ वटा वाणिज्य बैंक छन् । लक्ष्मी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक कोषमा सूचीकरण भएको कोषले जनाएको छ । त्यस्तै, हालसम्म ३ वटा विकास बैंक, ११ वटा फाइनान्स कम्पनी, ३५ वटा बीमा कम्पनी र ३९ वटा लघुवित्त संस्थाहरु कोषमा आवद्ध भएका छन् । 

    सूचीकरण भएकामध्ये हालसम्म योगदान जम्मा गर्नेमध्ये लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले योगदान रकम समेत जम्मा गर्न थालिसकेको कोषको दाबी छ । त्यस्तै, विकास बैंकतर्फ कर्णाली, ग्रीन डेभलपमेन्ट बैंक र देव विकास बैंकले पनि योगदान जम्मा गर्न थालिसकेको कोषको भनाई छ । अहिले देव विकास बैंक कुमारी बैंकमा विलय भइसकेको छ । 

    त्यस्तै, फाइनान्सतर्फ गुडविल, पोखरा, आईसीएफसी, नेपाल र गोर्खा फाइनान्सले सूचीकरण भई योगदान जम्मा गर्न थालेको उल्लेख गरिएको छ । 

    बीमा कम्पनीतर्फ प्राइम लाइफ, सिटिजन लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ, शिखर, सूर्य, सगरमाथा र प्रिमियर इन्स्योरेन्स कोषमा सूचीकरण भएको उल्लेख गरिएको छ । लघुवित्ततर्फ पनि ११ कम्पनीले योगदान थालेको कोषको दाबी छ । 

    कोषले सूचीकरण हुन आउन ताकेता गरेपछि यतिबेला बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सुविधा घट्नेगरी कोषमा जान नसक्ने प्रष्ट पारिसकेका छन् । कर्मचारीको इच्छा भएमा कोषमा आवद्ध हुने विषयमा आफ्नो असहमति नरहेको उनीहरुको भनाई छ ।

    बैंकरहरुले पनि अनिच्छा देखाउँदै जबरजस्ती कोषमा जान नसक्ने जनाएका छन् । 


    images

    Logo