काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका आईपीओ असार ११ गतेदेखि खुल्ने भएको छ । लघुवित्तले बिहीबार प्रकाशन गरेको गरेको आह्वानपत्र अनुसार सो शेयर असार ११ गतेदेखि छिटोमा असार १५ गतेसम्म र ढिलोमा असार २५ गतेसम्म खुला रहनेछ ।
सो कम्पनीले प्रतिकित्ता १०० का दरले १९ लाख ७७ हजार ३०० कित्ता शेयर जारी गर्दैछ । यसमध्ये ३० हजार ४ सय २० कित्ता कर्मचारीलाई र ९८ हजार ८ सय ६५ कित्ता शेयर म्युचुअल फण्डलाई दिएर बाँकी रहेको १८ लाख ४८ हजार कित्ताका सर्वसाधारणका लागि वितरण हुनेछ । यो १ लाख ८४ हजार ८ सय जनाका लागि बाँडफाँड गर्न पर्याप्त हो ।
महिला लघुवित्तलाई जित्नसक्ने आईपीओ
यसअघि महिला लघुवित्तको आईपीओ जारी भएको थियो । सो कम्पनीको शेयरमूल्य यतिबेला ५ हजार रुपैयाँभन्दा माथि पुगेको छ । सो कम्पनीको प्रतिशेयर आम्दानी ८६ रुपैयाँ थियो ।
जीवन विकास लघुवित्तले गत आर्थिक वर्षमा १०४.९७ रुपैयाँ प्रतिशेयर आम्दानी गरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ सो अवधिसम्ममा ३०५ रूपैयाँ २७ पैसा रहेको छ। यो आधारमा कम्पनीको पहिलो कारोबारको माथिल्लो रेञ्ज ९ सय १५ रुपैयाँसम्ममा हुन सक्नेछ । यो रेञ्ज सम्भवत: अहिलेसम्मकै बढी हो ।


