images
images

१३ हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै


  • 805
    SHARES
  • २०७८ आषाढ ६ गते आइतबार

    १३ हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै

    काठमाडौं । विभिन्न १३ वटा हाइड्रोपावर कम्पनीहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर निष्काशनको लागि आवेदन दिएका छन् । धितोपत्र बोर्डमा आवेदन दिएका १८ कम्पनीमध्ये बढी हाइड्रोपारवर कम्पनीहरू रहेका हुन् । दोस्रो शेयर बजारमा हाइड्रोपावर कम्पनीहरूको शेयर कारोबारमा आकर्षण बढ्दै गएका बेला धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि आवेदन दिएका हुन् । 

    आईपीओ निष्काशनको लागि पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरूमध्ये साहस उर्जाले सबैभन्दा धेरै १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ । उक्त कम्पनीले २०७७ मंसिर २४ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

    ग्रीन भेन्चर हाइड्रोपावर कम्पनीले ६२ करोड ५० लाख मूल्य बराबरको ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डम अनुमति मागेको हो । कम्पनीले गत फागुन २८ गते बोर्डमा आवेदन दिएको हो । 

    न्यादी हाइड्रोपावर कम्पनीले ४० करोड ५० लाख मूल्य बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

    बलेफी हाइड्रोपावर कम्पनलिे ३६ करोड ५५ लाख मूल्य बराबरको स्थानीय र सर्वसाधारण शेयर निष्काशन गर्न लागेको हो । उक्त कम्पनीले गत फागुन २५ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो । अपर

    सोलु हाइड्रोपावर कम्पनीले ३३ करोड मूल्य बराबरको साधारण शेयर निष्काशनका लागि आवेदन दिएको छ । 
    विन्दबासिनी हाइड्रोपावरले समेत २०७६ माघ १ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको थियो । कम्पनीले २५ करोड मूल्य बराबरको शेयर निष्काशनको लागि आवेदन दिएको हो ।

    दोर्दी खोला जलविद्युतले २९ करोड ५१ लाख, विन्धबासिनी हाइड्रोपावर कम्पनीले २५ करोड मूल्य बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । 

    हिमालयन हाइड्रोवपावरले पनि २०७६ कार्तिक २७ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएपनि उसले पनि अहिलेसम्म अनुमति पाउन सकेको छैन । कम्पनीले २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि आवेदन दिएको हो । 

    अपर हेवाखोलाले २० करोड, बुद्धभूमी हाइड्रोपावर कम्पनीले १२ करोड र स्यामलिङ पावर कम्पनीले १२ करोड ३० लाख मूल्य बराबरको आईपीओ निष्काशन गर्न अनुमति मागेको छ । 

    धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरूमध्ये धेरैजसो कम्पनी १ वर्षअघिदेखि आईपीओ निष्काशनको लागि पाइप लाइनमा रहेपनि मैलुङ खोला जलविद्युत आयोजनाले भने ४ वर्षअघिदेखि आवेदन दिएर बसेको छ । 
    उक्त जलविद्युत कम्पनीले २०७४ असोज २० गते ७ करोड ३६ लाख मूल्य बराबरको ७ लाख ३६ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

    बोर्डमा आईपीओ निष्काशनको लागि आवेदन दिएका १८ कम्पनीले ५ अर्ब ७१ करोड ५० लाख मूल्य बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्न आवेदन दिएका हुन् । कम्पनीहरूले कुल ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेका हुन । 

    बीमा कम्पनी र माइक्रोफाइनान्सले पनि दिए सेबोनमा आवदेन

    आईपीओ निष्काशनका लागि आवेदन दिएका अन्य कम्पनीमध्ये २ वटा माइक्रोफाइनान्स, २ वटा इन्स्योरेन्स कम्पनी र एउटा डिस मिडिया नेटवर्क रहेका छन् । 

    युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख मूल्य बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो । युनियन लाइफले २०७८जेठ ९ गते बोर्डमा आवेदन दिएको हो । 

    सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड मूल्य बराबरको ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न गत जेठ ९ गने नै बोर्डमा आवेदन पेश गरेको छ । 

    त्यसरी नै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले ३ करोड ८९ लाख मूल्य बराबरको शेयर निष्काशन गर्ने भएको छ । मनुषी लघुवित्त कम्पनीले ३ करोड ९३ लाख मूल्य बराबरको आईपीओ निष्काशन गनए अनुमति मागेको छ । 

    यी १८ वटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका हुन् । लकडाउनको कारण पछिल्लो समय धितोपत्र बोर्डबाट अनुमति पाएका कम्पनीहरूले समेत आईपीओ बिक्रीमा ल्याउन पाएका थिएनन् । 

    नेपाल धितोपत्र बोर्डले गत जेठ ३० गते जीवन विकास लघुवित्तलाई आईपीओ जारी गर्न अनुमति दिएको थियो । उक्त कम्पनीले यहि असार ११ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने गरी विवरणपत्र सार्वजानिक गरिसकेको छ ।

    पछिल्लो धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट समेत आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको छ । सर्वाेत्तम सिमेन्टले आईपीओ जारी गर्नको लागि केहि समय अघिदेखि नै तयारी थालेको छ । 

     


    images

    Logo