काठमाडौं । चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजना हुनेमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट, लुम्विनी विकास बैंक, राधी विद्युत कम्पनी र नेपाल एसविआई बैंक रहेका छन् ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टले ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगबलबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ६५ दशमलव ७१ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ८४ रुपैयाँमा भएको थियो ।
त्यस्तै, लुम्विनी विकास बैंकले ३ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगबलबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ३६ दशमलव ८९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ४७ रुपैयाँमा भएको थियो ।
राधी विद्युत कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगबलबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ११ दशमलव ९३ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय २२ रुपैयाँमा भएको थियो ।
त्यस्तै, नेपाल एसविआई बैंकले ३ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगबलबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ८७ दशमलव ७७ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ९६ दशमलव ४० रुपैयाँमा भएको थियो ।


