काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) मा आवेदन दिन आज असार १० गतेबाट खुला गरिएको छ । एनआईसी एशिया क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । यो सेलेक्ट ७ वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।
निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गर्ने छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
फण्डको इकाईमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार २४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।


