images
images

चैतको आयकर तिर्ने समय एक महिना थप


  • 441
    SHARES
  • २०८० बैशाख १५ गते शुक्रबार

    चैतको आयकर तिर्ने समय एक महिना थप

    काठमाडौं । अर्थ मन्त्रालयले चैतको आयकर तिर्ने समय एक महिना थपेको छ । २०७९ चैत मसान्तसम्म तिरिसक्नपर्ने भनिएको आयकर तिर्न मन्त्रालयले २०८० वैशाख मसान्तसम्मको समय थपेको हो । 

    बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले वैशाख मसान्तसम्म यस्तो अवधि थपेको जनाएको छ । अब उक्त अवधिसम्म अनुमानित आयकर बुझाएमा व्याज र जरिवाना लाग्ने छैन । 

    आयकर ऐनको व्यवस्था अनुसार संगठित संस्थाहरुले अनुमानित त्रैमासिक आयको विवरण र त्यस बापतको आयकर प्रत्येक त्रैमासिक अन्त्य हुनुअघि बुझाउनुपर्ने व्यवस्था छ ।  


    images

    Logo