images
images

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, कसरी हेर्ने ?


  • 509
    SHARES
  • २०७८ आषाढ २८ गते सोमबार

    मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, कसरी हेर्ने ?

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटल सोमबार सो कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । 

    कम्पनीले ३ लाख ८९ हजार कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामूहिक लगानीकोषका लागि ५÷५ प्रतिशत सेयर छुट्याएको थियो । बाँकी रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकोमा कुल १९ लाख ५१ हजार कित्ता अर्थात ६९ गुणा बढीले आवेदन गरेको आवदेन परेको थियो ।

    ३६ हजार ४९२ आवेदकले १० कित्ता सेयर प्राप्त गरेका छन् भने बाँकी १९ लाख १५ हजार लगानीकर्ताले सेयर प्राप्त गर्न सकेनन् ।

    बाँडफाँट भएको आईपीओको नतिजा सीडीएससीले विकास गरेको पोर्टल https://iporesult.cdsc.com.np/ मा हेर्न सकिन्छ । 


    images

    Logo