images
images

महुली लघुवित्तको नाफा ३५५ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?


  • 1.3K
    SHARES
  • २०७८ श्रावण १५ गते शुक्रबार

    महुली लघुवित्तको नाफा ३५५ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा ३ सय ५५ प्रतिशत नाफा बढाएको छ । महुलीले सो अवधिमा ९ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा महुलीको खुद नाफा २ करोड १५ लाख रुपैयाँ मात्रै थियो । 

    अहिले महुलीसँग २२ करोड ३९ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ । यो पुँजीका आधारमा उक्त नाफा प्रतिशेयर ४३.६८ रुपैयाँ हो । नाफामा उल्लेख्य वृद्धि गरेको महुलीले रिजर्भको आकार समेत बढाएर १५ करोडबाट २४ करोड पुर्याएको छ । यो हिसाबले लघुवित्तको प्रतिशेयर नेटवर्थ २ सय १० रुपैयाँ पुगेको छ । 

    महुलीले यो अवधिमा व्यवसायमा पनि उल्लेख्य विस्तार गरेको छ । अघिल्लो वर्ष २ अर्ब ३३ करोड रहेको ऋण प्रवाह यो वर्षको अन्त्यसम्म ३ अर्ब २२ करोड पुगेको छ । 


    images

    Logo