images
images

साधना लघुवित्तले कमायो ११.७० करोड, १९६% बढ्यो नाफा 


  • 537
    SHARES
  • २०७८ श्रावण १७ गते आइतबार

    साधना लघुवित्तले कमायो ११.७० करोड, १९६% बढ्यो नाफा 

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको नाफा १ सय ९६ प्रतिशतले बढेको छ । साधनाले आर्थिक वर्ष २०७७/७८ मा ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३ करोड ९५ लाख रुपैयाँ मात्रै थियो । 

    यसरी नाफा बढाउनमा साधना लघुवित्तलाई व्यवसाय विस्तार र सस्तो स्रोतको उपलब्धता र प्रोभिजनमा गरिएको राइटब्याकले महत्वपूर्ण भूमिका खेलेको छ । 

    यो अवधिमा साधनाको ऋण प्रवाहको आकार १ अर्ब ७० करोडबाट बढेर ३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । सो कर्जाका लागि संकलित स्रोतको ब्याज खर्च भने सामान्य मात्रै बढेको छ । 

    साधनाले कमाएको यो नाफा कम्पनीको २५ करोड ६९ लाख चुक्ता पुँजीको हिसाबले प्रतिशेयर करिब ४५.५७ रुपैयाँ हो । साधनाले अहिले निक्षेपमा ५ देखि १० प्रतिशत ब्याज दिँदै आएको जनाएको छ भने ऋणमा १३.४८ प्रतिशतदेखि १५ प्रतिशत ब्याज लिँदै आएको जनाएको छ । 


    images

    Logo