काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६ अंकले घटेको छ । बिहिबार नेप्से घटेर ३ हजार १ सय ७ दशमलव ४५ बिन्दुमा पुगेको हो । बजारमा दिनभर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार रुपैँया बराबर को कारोबार भएको छ ।
बजारमा १ सय ८४ कम्पनीको कारोबार हुदा बैँकिङ लगायतका उपसुचकहरु बढेका छन् भने फाइनान्स इन्स्योरेन्स लगायतका ट्रेडिङ होटल तथा टुरिज्म हाइड्रो लगायतका उपसुचकहरु घटेका छन् ।
नेपाल फाइनान्स र युनियन लाइफ इन्स्योरेन्सको शेयर मुल्य बढेको छ भने बरुण हाइड्रो र युनिभर्सल पावर कम्पनीको शेयर मुल्य घटेको छ।