images
images

थप ४ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ? 


  • 654
    SHARES
  • २०७८ श्रावण २६ गते मंगलबार

    थप ४ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ? 

    काठमाडौं । मंगलबार थप ४ वटा लघुवित्तहरुले आर्थिक वर्ष २०७७/७८ को कारोबारमा आधारित वित्तीय विवरण सार्वजनिक गरेका छन् । सामुदायिक लघुवित्त, साना किसान लघुवित्त, विजय लघुवित्त र आँधिखोला लघुवित्तको वित्तीय विवरण सार्वजनिक भएको हो । 

    सामुदायिक लघुवित्त

    वित्तीय विवरण अनुसार सामुदायिक लघुवित्तले १ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्र्षको नाफाभन्दा १ सय ६० प्रतिशत बढी हो । यद्यपि सो लघुवित्तको नाफा अरु कम्पनीको तुलनामा निकै कम हो ।

    १३ करोडभन्दा धेरै चुक्ता पुँजी भएको सामुदायिकले यो अवधिमा प्रतिशेयर १३.१३ रुपैयाँ मात्रै आम्दानी गर्न सफल भएको छ । कम्पनीले अपेक्षित रुपमा व्यवसाय बढाउन र पुँजीकोषको लागत घटाउन नसकेको देखिन्छ । 

    साना किसान लघुवित्त

    साना किसान लघुवित्तले यो अवधिमा ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको नाफाभन्दा १२ प्रतिशत बढी हो । हाल १ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले कमाएको यो नाफा प्रतिशेयर ४९.१४ रुपैयाँ हो । 

    यो वर्ष साना किसानको ब्याज आम्दानी र ब्याज खर्च दुवै घटेको छ । तर ब्याज आम्दानी भने भने सामान्य बढेको छ । यो वर्ष २० करोड रुपैयाँ राइटब्याक हुँदा नाफा सकारात्मक देखिएको हो । लघुवित्तको ऋण प्रवाह २१ अर्बबाट बढेर २४ अर्ब रुपैयाँ नाघेको छ । यो वर्ष लघुवित्तको कस्ट अफ फण्ड घटेर ३.०८ प्रतिशतमा झरेको छ । 

    विजय लघुवित्त वित्तीय संस्था

    विजय लघुवित्तको नाफा १ सय ३ प्रतिशतले बढेको छ । सो लघुवित्तले यो आर्थिक वर्ष २०७७/७८ मा ११ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको हो । यो नाफा प्रतिशेयर ४४.४३ रुपैयाँ हो । 

    यो वर्ष विजय लघुवित्तले समेत २ करोड ९१ लाख रुपैयाँ राइटब्याक गरेको छ । लघुवित्तले यो अवधिमा व्यवसायको आकार ३ अर्ब ४८ करोडबाट बढाएर ४ अर्ब ३१ करोड पुर्याएको छ । लघुवित्तको निष्क्रिय कर्जा यो वर्ष बढेको छ । लघुवित्तको कस्ट अफ फण्ड १०.६० प्रतिशतबाट घटेर ६.४८ प्रतिशत पुगेको छ । 

    आँधिखोला लघुवित्त

    आँधिखोला लघुवित्तको नाफा पनि यो वर्ष १ सय १५ प्रतिशतले बढेर ४ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड ९० लाख रुपैयाँ मात्रै थियो । अहिलेको नाफा प्रतिशेयर ४१.०६ रुपैयाँ हो । खुद ब्याज आम्दानीमा वृद्धि र राइटब्याकका कारण लघुवित्तको नाफा बढेको हो । 

    सो लघुवित्तको ऋण प्रवाह ७० करोड रुपैयाँबाट बढेर १ अर्ब नाघेको छ । निष्क्रिय कर्जा अनुपात सामान्य बढेको छ भने कस्ट अफ फण्ड सामान्य घटेको छ । 


    images

    Logo