काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९ लाख ९५ हजार कित्ता शेयर सुचीकृत भएको छ । विहिबार नेप्सेमा संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछिको शेयर सुचीकृत भएको हो ।
नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई १:०.६८ को अनुपातमा प्राप्ति गरेको थियो । प्राप्तिपछि महिला लघुवित्तको १०० कित्ता शेयर हुनेले नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर पाउँछन् ।