images
images

लक्ष्मी सनराईज बैंकको लाभांश घोषणा


  • 491
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    लक्ष्मी सनराईज बैंकको लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई कुल् ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत लाभांश गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।


    images

    Logo