काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले ७५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ मा उक्त नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको भन्दा ५ करोड रुपैयाँ कम हो ।
इम्पेरिमेन्ट चार्जमा धेरै रकम छुट्याउनुपर्दा बैंकको नाफा कम भएको हो । बैंकले यो वर्ष यसबापत मात्रै ५६ करोड रुपैयाँ छुट्याएको छ ।
नाफा घटे पनि बैंकले यो वर्ष व्यवसायमा भने राम्रो सुधार गरेको छ । निक्षेप करिब २८ अर्बले बढाएर ९३ अर्ब पुर्याएको छ भने कर्जा २० अर्बले बढाएर ७८ अर्ब पुर्याएको छ ।
यो वर्ष बैंकको वितरणयोग्य नाफा ५९ करोड ४६ लाख रुपैयाँ रहेको छ । यो ९ अर्ब ३ करोड चुक्ता पुँजी भएको बैंकका लागि यो प्रतिशेयर ६.५८ रुपैयाँ हो ।