काठमाडौं । अपि पावर कम्पनीले साधारणसभा बोलाएको छ । १०.५ प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित कम्पनीले १८ औं वार्षिक साधारणसभा बोलाएको हो । सो साधारणसभा यहि भदौ २५ गते भर्चुअल माध्यमबाट बस्नेछ ।
साधारणसभा प्रयोजनको लागि भदौ १८ गतेदेखि २४ गतेसम्म शेयरधनी किताब खाता बन्द गर्ने जनाइएको छ । बोनस शेयरपछि हुन आउने पुँजीमा १ बराबर ०.३९३६ को दरले हकप्रद शेयर दिने समेत प्रस्ताव गरिएको छ ।