काठमाडौं । एनएमबि बैंक क्यापिटलबाट सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले इकाइधनीहरुलाई प्रतिफल दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको साेमबार बसेकाे १०३ औं बैठकबाट सो निर्णय भएको हो ।
उक्त कम्पनीले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट इकाइधनीहरुलाई क्रमशः २० प्रतिशत र ३० प्रतिशत (करसमेत)को प्रतिफल दिने निर्णय गरेको हो ।