images
images

न्यादी हाइड्रोको आईपीओ खुल्यो


  • 1.1K
    SHARES
  • २०७८ भाद्र १ गते मंगलबार

    न्यादी हाइड्रोको आईपीओ खुल्यो

    काठमाडौँ । न्यादी हाइड्रो पावर लिमिटेडको आइपीओ खुलेको छ । कम्पनीले  आयोजना प्रभावित सर्वसाधरणको लागि भदौ १ गतेदेखि आइपिओ बिक्रि खुल्ला गरेको छ । कम्पनीले १८ लाख कित्ता शेयर बिक्रि खुल्ला गरेको हो । 

    जसमध्ये आयोजनाबाट अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नम्बर ३,६,७ र ८ का स्थानिय बासिन्दालाई ५ लाख कित्ता शेयर छुट्याएको छ । यसबाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय हरुको लागि १० लाख कित्ता शेयर छुट्याएको छ ।

    कम्पनीको संस्थापक शेयरधनी संस्था बुटवल पावर र लमजुङ विद्युत् विकासका कर्मचारीहरुको लागि ३ लाख कित्ता शेयर छुट्याएको छ ।

    लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम १० कित्तादेखि अधिकतम् ५० हजार कित्ता शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको विक्रि प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

    कम्पनीको शेयर निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ। 


    images

    Logo