काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२३ अंकले बढेर ३ हजार १ सय ६० दशमलव २३ बिन्दुमा पुगेको हो ।
आज बजारमा विकास बैंक, हाइड्रोपावर र फाइनान्स कम्पनीहरु सकारात्मक रहे भने बैंकिङ, ट्रेडिङ र होटल एण्ड टुरिज्म लगायतका उपसुचकहरु नकारात्मक रहेका छन् । बजारमा ३० करोड ६१ लाख कित्ता बराबरको शेयर कारोबार भएको छ ।
बजारमा १ सय ८६ वटा कम्पनीको कारोबार भएको थियो जसमा ८६ कम्पनीहरुको मुल्य बढेको छ भने १०० वटा कम्पनीहरुको मुल्य घटेको छ ।
विकास बैंक ५.१७ प्रतिशतले बढेको छ भने हाइड्रोपावर ३.१६ प्रतिशतले बढेको छ ।