images
images

अपर तामाकोशीको लक इन पिरियड सकिँदै, रसिद हराएकाले डिम्याट कसरी गर्ने ? 

आयोजनाको शेयर सर्वसाधरणले भन्दा कम पाउनु साथै ३ बर्षसम्म दोस्रो बजारमा कारोबार गर्न नपाउने दोलखाली वास्तवमै ठागिएका हुन् ।


  • 14.7K
    SHARES
  • २०७८ भाद्र ४ गते शुक्रबार

    अपर तामाकोशीको लक इन पिरियड सकिँदै, रसिद हराएकाले डिम्याट कसरी गर्ने ? 

    काठमाडौँ । अपर तामाकोशी जलविद्युत् आयोजनाको लक इन पिरियड यही कात्तिकदेखि सकिँदैछ । कम्पनीले पहिलो चरणमा सर्वसाधरणलार्ई दिएको सो शेयर निर्धारित ३ बर्षको समय पुरा हुन लागेसँगै दोस्रो बजारमा खरिदबिक्रीका लागि योग्य हुने भएको हो । अहिले स्थानीयवासीले लिएको १ करोड ५ लाख ९० हजार कित्ता शेयर दोस्रो बजारमा आएको छैन । 

    लक इन पिरियड सकिन लागेसँगै स्थानीयवासीहरु आफुसँग भएको शेयर दोस्रो बजारमा कारोबार गर्ने अन्तीम तयारीमा छन् । दोस्रो बजारमा कारोबार हुन शेयरको अभौतिकीकरण (डिम्याट) अनिवार्य भएकोले यतिबेला दोलखावासीमा यसको चटारो सुरु भएको छ । 

    कसरी गर्ने शेयरको अभौतिकीकरण  ?

    अहिले धेरै दोलखावासी शेयरधनीले आफ्नो शेयरको डिम्याट गरेका छैनन् । स्थानीयवासीका लागि वितरण हुने शेयरको आवेदनमा डिम्याट खाता अनिवार्य नभएका कारण डिम्याट गरेका छैनन् । लक इन पिरियड सकिएपनि सो शेयर कारोबारका लागि योग्य हुन डिम्याट गर्नैपर्ने अपर तामाकोशी हाइड्रो पावर कम्पनीको शेयर रजिष्टार सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बताउँछन् । 

    डिम्याटको लागि ३ बर्ष पहिले शेयर भर्दा पाएको रसिद र आफ्नो डिम्याट खाता नम्बर उपलब्ध गराउनुृपर्ने श्रेष्ठको भनाइ छ । रसिद हराएमा क्यापिटलमा सम्पर्क गरेर आफ्नो परिचय खुल्ने कागजात पेश गरेमा पनि सो शेयर डिम्याट हुन सक्ने श्रेष्ठको भनाइ छ । 

    शेयरधनीले सनराइज क्यापिटलको वेवसाइटमा गएर पनि शेयर डिम्याट गर्न सक्नेछन् ।

    ठगिएका स्थानीयवासी 

    दोलखावासीका लागि सुनको अण्डा दिने आयोजना भनीएको अपर तामाकोशीको शेयरमा स्थानीय नराम्रोसँग ठगिएका छन् । स्थानीयवासीलाई आयोजनाले क, ख र ग बर्गमा बाँडेर शेयर आवेदन दिन पाउने कित्ता तोकेको थियो । दोलखालीले न्युनतम ३२ कित्ता र अधिकतम ९२ कित्ता शेयर प्राप्त गरेका थिए । 

    त्यस्तै, आयोजनाले सर्वसाधरणका लागि खुलाएको आईपीओमा आवेदन भर्ने सबैले ५० कित्ता शेयर पाएका थिए । गोलाप्रथा अनुसार कतिपयले ६० कित्तासम्म पाएका थिए ।

    आयोजना प्रभावित क्षेत्रका अधिकांश स्थानीयले ३४ कित्ता शेयरमा चित्त बुझाउनु परेको थियो । त्यस्तै, ३ बर्षसम्म लक इन पिरियड भएकाले स्थानीयले दोस्रो बजारमा कारोबार गर्न पाएनन् । तर, आईपीओ आवेदन दिएकाले बजार उच्च हुँदाको बखत शेयर कारोबार गरिसकेका छन् । हाल अपर तामाकोशीको शेयर दोस्रो बजारमा ८ सय ४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    आयोजनाको शेयर सर्वसाधरणले भन्दा कम पाउनु साथै ३ बर्षसम्म दोस्रो बजारमा कारोबार गर्न नपाउने दोलखालीहरु वास्तवमै ठगिएका हुन् ।


    दिलिप खड्का
    खड्का नेपालअर्थ डटकमका संवाददाता हुन् ।


    images

    Logo