images
images

नेप्सेको कारोबार प्रणाली फेरि तीन दिन बन्द रहने


  • 1.4K
    SHARES
  • २०८० माघ ४ गते बिहीबार

    नेप्सेको कारोबार प्रणाली फेरि तीन दिन बन्द रहने

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने जनाएको हाे । 

    नेप्से आज माघ ४ गते साँझ ५ बजेदेखि माघ ६ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख गरिएकाे छ । दोस्रो चरणको विद्युत मर्मत तथा सम्भारसम्बन्धी कार्यका लागि नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागिएको सूचनामा जानकारी गराइएको छ ।

    विद्युत मर्मतसम्भार कार्यका लागि यसअघि पनि गत पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गरिएको थियो ।


    images

    Logo