काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब ९० करोड रुपैयाँ बराबरको अलैंची नेपालबाट निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पुससम्मको आयात निर्यातको विवरण अनुसार उक्त अवधिमा ३ अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपैयाँ बराबरको २८ लाख ६६ हजार ७६० किलो अलैंची निर्यात भएको हो ।
आर्थिक वर्ष २०७९/८० को पुससम्ममा नेपालबाट ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको ४६ लाख ७२ हजार ९३४ किलो अलैंची निर्यात भएको थियो ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यस पटक अलैंची कम परिमाणमा निर्यात भएको छ । परिमाणमा कम भएतापनि अलैंचीको मूल्य बढेका कारण कम परिमाणबाट पनि तुलनात्मक रुपमा बढी आयातमूल्य प्राप्त भएको छ ।
नेपालबाट धेरै निर्यात हुने वस्तुहरुमध्ये अलैंची पनि एक हो ।