images
images

रु रु जलविद्युत परियोजनाले बोलायो साधारणसभा, १० प्रतिशत बोनस र नगद लाभांश दिने 


  • 436
    SHARES
  • २०७८ भाद्र ८ गते मंगलबार

    रु रु जलविद्युत परियोजनाले बोलायो साधारणसभा, १० प्रतिशत बोनस र नगद लाभांश दिने 

    काठमाडौ ।  रु रु जलविद्युत परियोजनाले साधारणसभा बोलाएको छ । १० प्रतिशत बोनस र नगद लाभांश दिने प्रस्तावसहित कम्पनीले आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ को वार्षिक साधारणसभा बोलाएको हो । 

    भदौ ७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्न लागेकाे हो ।

    सो साधारणसभा असोज १६ गते शनिबारका दिन बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय हात्तिसारमा भर्चुअल माध्यमबाट बस्दैछ । 

    रु रु जलबिद्युत परियोजना ले १० प्रतिशत बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ । 

    रु रु जलविद्युत परियोजनाले आर्थिक वर्ष ०७६/०७७ को मुनाफा बाट  करसहित चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष  ०७७/०७८ को मुनाफा बाट चुक्ता पुँजीको १० प्रतिशत बोनसशेयर जारी गर्ने र सो कर प्रयोजनका लागि ०.५६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

     

     


    images

    Logo